कैलाली – पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। पोखरीमा डुबेर लम्कीचुहा नगरपालिका ८ मलभङ्गा बस्ने लालबहादुर बिष्टकी ७ वर्षीया छोरी आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिमबहादुर कुवँरकी ६ वर्षीया छोरी भावना कुवँरको मृत्यु भएको हो।


ADVERTISEMENT


स्थानीयले सोही ठाउँमा रहेको बडिमालिका इटाभट्टाको पछाडि रहेको पोखरीमा डुबेको अवस्थामा फेलापारी बर्दगोरिया १ मा रहेको खापर हेल्थ क्लिनिकमा उपचारको क्रममा राति पौने १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।


ADVERTISEMENT

# # #