काठमाडौं – प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानको हवाइ उडान प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।


ADVERTISEMENT


काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।


ADVERTISEMENT

# # #


मंगलबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।
बुटवल–पाल्पा सडक खण्ड लगायतका कतिपय स्थानमा सडक यातायातसमेत अवरुद्ध भएको छ ।