दाङ–मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दाङ जिल्लाको सम्पूर्ण तयारी पूरा भएको भएको छ । दाङका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


तीन निर्वाचन क्षेत्र रहेको दाङमा १ सय ५१ मतदानस्थलमा ३९४ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए । उनका अनुसार मतदाता परिचय पत्र वितरणको काम पनि आजै साँझसम्म सकिनेछ ।


ADVERTISEMENT

# # #


मुलुक संघीय संरचनामा गएपछि हुन लागेको पहिलो निर्वाचनमा मतदान गर्न मतदाताहरु उत्साहित भएका छन् ।

यता, जिल्ला सुरक्षा संयन्त्र दाङले जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत पारिएको जनाएको छ । संघीय इकाइ प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एसएसपी दिलिपकुमार चौधरीले जिल्ला–जिल्लामा सुरक्षा निकायहरुको व्यापकरुपमा परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरी मतदाता र मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाइएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचनको दिन ऐतिहासिक भएको भन्दै बेलुका ७ बजेपछि मात्रै सार्वजनिक यातायाताका साधनहरु सञ्चालन हुने जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले निर्वाचन अवधिभर जिल्लामा विशेष सुरक्षा योजना लागू भएको भन्दै आज ९बुधबार० बेलुका ७ बजेपछि होहल्ला र समूहगत रुपमा हिडडुल नगर्न आम जनसमुदायमा आग्रह गरेको छ ।

मंगलबारमात्रै जिल्लामा दुई दर्जन बढी व्यवसायीहरुलाई मदिरा विक्रि वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । भोलि हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङमा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता सहभागी हुँदैछन्