भक्तपुर – भोलि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मौन अवधिमा समेत उम्मेदवार मत माग्न घर–घर पुगेका भन्दै भक्तपुरमा तनाव भएको छ ।


ADVERTISEMENT


चाँगुनारायण नगरपालिकाको वडा नं. ८ सुडालको रातोपाटी भन्ने स्थानमा बिहिबार नेपाल मजदुर किसान पार्टीका निर्वाचन क्षेत्र १ को ‘क’ का प्रदेशसभा उम्मेदवार निरज लवजु मत माग्न पुगेको आरोप लगाइएको छ ।


ADVERTISEMENT

# # #


स्वयम् उम्मेदवार नै पार्टीको अपिल र मतपत्र बोकेर मत माग्न आएको भन्दै एमालेले अवरोधको प्रयास गरेपछि केही बेर तनाव उत्पन्न भएको हो ।
उक्त स्थानमा बाम गठबन्धनका कार्यकर्ता र नेमकिपाका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि जिल्ला प्रशासनले ठुलो संंख्यामा सुरक्षाकर्मी परिचानल गरेको छ ।
यता नेमकिपाका उम्मेदवार लवजुले भने आफु आफन्त भेटन आए समयमा गठबन्धनका कार्यकर्ताले अवरोध गरेका दाबी गरेका छन् ।
बाम गठबन्धनका नेता दामोदर दंगालले निर्वाचन आचारसहिता विपरित मौन अवधिमा मत माग्न आउनेलाई निर्वाचन कानुन अनुसार कार्यवाही गर्न माग गरेका छन् ।