काठमाडौं–नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले मौन अवधिमा आर्थिक चलखेल हुनसक्ने भन्दै मतदाताहरुलाई सचेत गराएका छन् ।


ADVERTISEMENT


भट्टराईले सामाजिक सञ्जाल मार्फत मौन अवधि ‘मनि अवधि ’ बन्न सक्ने गम्भिर संकेत जताततै देखिएको उल्लेख गरेका छन् । भट्टराईले मनि अवधिले दल र उम्मेदवारलाई क्षणिक लाभ हुने तर लोकतन्त्र मृत्युशैयामा पुग्ने जनाएका छन् ।


ADVERTISEMENT

# # #


मत किनबेचको बस्तु नभएको स्पष्ट पार्दै भट्टराईले स्वैच्छिक दान भएकोले मतदान भनिएको उल्लेख गरेका छन् ।