काठमाडौं – एनएमबि बैंक र ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरुलाई प्राथमिकता दिनको लागि समझदारी भएको छ। उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका तर्फबाट अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरे।


ADVERTISEMENT


उक्त समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबि बैंकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । यी सेवाहरुले गर्दा टानका सदस्यहरुलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ।


ADVERTISEMENT

# # #


एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ।