काठमाडोँ– बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन सुरु गरेका छन् ।


ADVERTISEMENT


सत्तारुढ गठबन्धनको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे हटाउन यी दुई दलका सांसदहरुले बिहिवार हस्ताक्षर संकलन गरेका हुन् ।


ADVERTISEMENT

# # #


गठबन्धमा भएको सहमति बमोजिम चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने मागसहित मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने उनीहरुको माग छ । यद्यपि सरकार परिवर्तनकै प्रयोजन खुलाएर हस्ताक्षर संकलन गरिएको छैन ।

सहमति अनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारी थियो । पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थमा मुख्यमन्त्री बनेका थिए। उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो।

कांग्रेसले सहमति अनुसार मुख्यमन्त्री पाउनुपर्ने भएपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र नेतृत्व छोड्ने अडानमा पुगेपछि उनको विरुद्ध हस्ताक्षर संकलन गरिएको बुझिएको छ ।