काठमाडौँ – एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैँकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ ।


ADVERTISEMENT


ग्राहकलाई डिजिटल बैंकिङ्गमा नवीन सेवाहरु उपलब्ध गराउँदै आएको एनआईसी एशियाले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्न उक्त सेवा ल्याएको जनाएको छ । जस अनुसार एनआईसी बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी मोबाइल बैंकिङ्ग एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैँकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् । यद्दपी बैँकको उल्लेखित सेवा बाहेक पृष्ठभूमिमा चल्ने अन्य एपहरुको भने नियम अनुसार शुल्क लाग्ने बैँकको भनाई छ ।


ADVERTISEMENT

# # #


‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अपनाएको एनआईसी एशियाले उल्लेखित सुविधाले धेरै भन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने विश्वास व्यक्त गरेको छ ।

बैंकले यसअघि नै एनसेलको नेटवर्कमा पनि यी सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब नेपाल टेलिकम र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी बैंकका ग्राहकहरूले विभिन्न सेवाहरु उपभोग गर्न सक्ने भएका छन् ।

जस अनसार मोबाइल बैँकिङ अन्तर्गत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, विभिन्न किमिसका भुक्तानी, गुनासो राख्ने, जानकराी लिने, आईपीओमा आवेदन दिने, कार्ड बिना नै एटीएमबाट पैसा झिक्ने लगायतका सेवा रहेका छन् ।

यस्तै आईसर्भ मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू, ग्राहक सम्बन्धी सेवाहरू, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरूको उपभोग गर्न सकिन्छ । यस्तै बैँकको वेबसाइटमार्फत बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपएओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटर लगायत बैंकका अन्य सेवाबारे जानकारी लिन सकिन्छ ।

यस्तै इन्टरनेट बैँकिङमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

बैंकले देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।