काठमाडौँ– भारतले नेपालका विभिन्न संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बसहरु सहयोग गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावास अनुदान कार्यक्रमअन्तर्गत आइतबार विभिन्न जिल्लामा फैलिएका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूलाई एम्बुलेन्स तथा स्कुल बसहरु उपहार स्वरुप
प्रदान गरेको हो ।


ADVERTISEMENT


अमृत आजादी महोत्सवअन्तर्गत सुचीकृत रहेको सो कार्यक्रम एक समारोहबीच सम्पन्न गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार, उक्त कार्यक्रम अन्तर्गत कुल ७५ वटा एम्बुलेन्स र १७ वटा स्कूल बस प्रदान गरिएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा राजदूत नवीन श्रीवास्तवले साँचो हस्तान्तरण गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भारत सरकारको नेपालमा चलिरहेका विभिन्न विकास परियोजनाहरूको प्रशंसा गरे । त्यस्तै, उनले  यस्ता सहयोगले दुई देशबीचको जन–जनसंपर्क एवम् द्विपक्षीय सम्बन्धलाई बढावा दिने धारणा व्यक्त गरे ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजदूत श्रीवास्तवले भने यस किसिमका कार्यक्रम नेपाल–भारत विकास साझेदारी कार्यक्रम लामो समयदेखि चलिआएको बताए । यसले नेपाल सरकारको स्वास्थ्य तथा शिक्षा क्षेत्रहरु एवम् र पूर्वाधारको सुदृढीकरणको प्रयासलाई बलियो बनाउने उनले जनाए ।