काठमाडौँ– सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन् । मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले नियमावलीको प्रति जलाएका हुन् ।


ADVERTISEMENT


उनीहरुले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरि आएको, सामूदायिक वन सातौ कार्यशाला गोष्ठीको घोषणापत्र विपरित आएको र वन ऐन २०७६ समेत विपरितको भएको भन्दै वन नियमावली खारेज गर्न माग गरेका छन् ।


ADVERTISEMENT

# # #


सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन नियमावलीको बिषयमा महासंघले दिदै आएको सुझावको विपरित नियमावली आएको आरोप लगाइन् ।

संविधान बिपरित नियमावली आएको र यसले वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गरेको उनको भनाई छ । उनले सबै अधिकार संघीय सरकारले लिने गरी ल्याएको नियमावली कुनै हालतमा मान्य नहुने स्पष्ट पारिन् ।