काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२औँ प्रज्ञा सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपी, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुने विषयलाई संविधानले सुनिश्चित गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन हुने बताए ।


ADVERTISEMENT

# # #


उनले सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै आमजिवनमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको जिकिर गरे । नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र संवद्र्धनमासमेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको धारणा राखे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवद्र्धनको निम्ति आफूले सक्दो पहल गर्ने बताए ।

त्यस्तै नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्यले नेपाली साहित्य क्षेत्रको विकासमा सवै लाग्नुपर्ने जिकिर गरे ।