काठमाडौं – अछामको साँफेबगर नगरपालिकास्थित राष्ट्रिय माविमा रहेको मतदान केन्द्रमा बाम गठबन्धनका कार्यक्रर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको छ । मतदान भइरहेका बेला हुल बाँधेर गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।


ADVERTISEMENT


बुथ कब्जा गर्न खोजेको कुरा थाहा पाएपछि कांग्रेस कार्यकर्ताले पनि नाराबाजी गर्दै बिरोध जनाएपछि तनाव पैदा भएको थियो । मतदान केन्द्रलाई सुरक्षित गर्न नेपाली सेनालाई परिचालन गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #