काठमाडौं – सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकले केबलकारमा छूट पाउनेगरी दुई संस्थाबीच सम्झौता गरिएको हो ।


ADVERTISEMENT


सम्झौतापत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका थिए । छूट लिन ग्राहकले केबलकारको टिकट काट्दा बैंकको मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान तथा कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


केबलकारका टिकटमा १० प्रतिशसम्म छूट पाइने बैंकको भनाइ छ । बैंकले हाल १२७ शाखा र १२० एटीएममार्फत सेवा दिँदै आएको छ ।