काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक हिजोसम्म बस्ने भनिएकोमा एकाएक स्थगित गरिएपछि आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।


ADVERTISEMENT


पदाधिकारी चयन पेचिलो बन्दै जाँदा बैठक प्रभावित भएको छ । माओवादीमा खासगरि महासचिव को बन्ने भन्ने विवाद छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा बलिया आकांक्षी हुन् । दुवै आफूनिकट नेता भएकाले अध्यक्ष प्रचण्ड सकसमा परिरहेका छन् ।


ADVERTISEMENT

# # #


पदाधिकारी नटुंगिएपनि केन्द्रीय समितिको यो बैठकले पोलिटब्यूरो र स्थायी समिति भने टुंग्याउने एक नेताले बताए । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।