काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस बिषयमा जवाफ दिनुपर्ने बताएका हुन् । यस्ता सवालमा कसैले हेलचेक्राई गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए सम्बन्धीत व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


खनालले उक्त घटनाका बिषयमा निष्पक्ष रुपमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने र बाहिर आएको विषय सत्य हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे । उनले अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटना घट्न थाले धेरै कुरामा गम्भीर प्रश्न उठ्ने तर्क गरे ।

खनालले सवै विषयको उचित समाधान निकालि सदनलाई सहज रुपमा सञ्चालन गर्नदिने वातावरण बनाउनुपर्ने बताए ।