काठमाडौँ – सरकारले प्रतिनिधिसभाको बैठक आगामी बैठकमा नागरिकतासम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ ।


ADVERTISEMENT


लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदको आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्रीले दिएको बताए । संसद भवनमा पत्रकारसंग कुरा गर्दै उनले लामो समयदेखि नागरिकता विधेयकलाई अल्झाई राखेकाले नयाँ विधेयक ल्याउनु सकारात्मक भएको बताए ।


ADVERTISEMENT

# # #


दलहरुबीच नागरिकताका विषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ विधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उनको भनाई छ । उनले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर पास गर्ने भन्ने सहमति भएको बताए ।

यसअघि प्रतिनिधि सभामा करिब चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो । रासस