काठमाडौँ – बजेट निर्माणका बेला करका दर तलमाथि गर्न अर्थमन्त्रालमा अनाधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेका अर्थमन्त्री जनार्दश शर्मामाथि छानिबिन गर्न संसदीय समिति बनेको छ ।


ADVERTISEMENT


सभामुख अग्नि सापकोटाले बुधबार ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेका हुन् ।


ADVERTISEMENT

# # #


संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीबाट २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १–१ जना रहनेछन् ।

संसदमा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गतेको अर्थमन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने, अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र त्यसबारे छाबिन गर्नुपर्ने माग राख्दै आएको छ ।

यता अर्थमन्त्रालयले भने सीसीटिभी फुटेज प्राविधिक कारण १५ दिनमै डिलिट हुने भएकाले उपलब्ध गराउन नसकिने जनाएको छ ।