काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का सगरमाथा धनगडी प्रिमियर लिग (डिपिएल)बाट खेलमा फर्किने भएका छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलअघि पेटको शल्यक्रिया गरेका पारस हाल आराममा छन्।


ADVERTISEMENT


उनले त्यसै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न केन्याविरुद्धको दुवै खेल खेलेनन्। पारसले चैत १६ गतेबाट बंगलादेशमा हुने एसिसी इमर्जिङ कप पनि खेल्ने छैनन्।


ADVERTISEMENT

# # #


बुधबार एक कार्यक्रममा उनले डिपिएलबाट खेलमा फर्किने बताए। ‘अहिले हल्का अभ्यास गरिरहेका छु,’ पारसले भने, ‘तर, डिपिएलमा म खेल्छु।’ चैत २८ गतेबाट हुने डिपिएलमा पारसले टिम चौराह धनगढीको कप्तानी सम्हाल्नेछन्।