कपिलवस्तु– लुम्बिनीको कपिलवस्तुस्थित दुई विद्यालय उद्घाटन भएको छ । बिहिवार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाख लागतमा यी परियोजनालाई अघि बढाइएको दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा यी परियोजनाहरुको उद्घाटन गरिएको हो ।