वीरगन्ज– प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ ।


ADVERTISEMENT


मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताए । दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्लाका मतदाताले १७६ मतदानस्थल तथा ३५१ मतदान केन्द्रबाट आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।


ADVERTISEMENT

# # #


सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । मतदानपछि आजै अबेर रातिसम्म मतपेटिका सदरमुकाम वीरगञ्ज ल्याइने र शुक्रबार बिहानदेखि मतगणना हुने बताइएको छ ।