काठमाण्डौ– उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा भव्यरुपमा सम्पन्न भएकोमा नेपाली जनतालाई बधाई दिएका छन् । आज ए कविज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले आम नेपालीहरुलाई बधाई सन्देश दिएका हुन् ।


ADVERTISEMENT


उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीद्वारा जारी विज्ञप्तिमा आज आजको दिन ऐतिहासिक दिन भएको बताउँदै निर्वाचनले नयाँ संविधान कार्यान्वयनका लागि ढोका खुलेको बताइएको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा भनिएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएकोमा मलाई ज्यादै गौरव र खुशी लागेको छ । नेपालको राजनीतिक संघर्षमा लामो समयको सहभागिताप्रति यस अवसरमा पुनः गौरव गरेको छु ।

उपराष्ट्रपति पुनले भनेका छन्, अब लामो समयदेखिको राजनीतिक संक्रमणकाल पूर्ण अन्त्य भई राजनीतिक स्थायित्व आरम्भ भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दुई चरणको निर्वाचनपछि हाम्रो देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ ।

संविधानको पूर्ण कार्यान्वयन गर्दै नेपाललाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा म सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु ।

निर्वाचनलाई महाउत्सवको रुपमा लिई दोस्रो चरणको निर्वाचनमा सहभागी भएर आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उपराष्ट्रपति पुनले निर्वाचन शान्तिपूर्ण एवम् भव्यरुपमा सम्पन्न गर्न सफल भएकोमा निर्वाचन आयोग,नेपाल सरकार, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मीलगायत सबैप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।