काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ आफुमाथि लगाइएका आरोपहरुको खण्डन गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै उनले पछिल्लो समय मिडियामा चरित्र हत्या गर्ने उद्देश्यले आफुबारे तथ्यहिन समाचार आएकोमा त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।


ADVERTISEMENT


‘आगामी आर्थिक बजेट निर्माणमा मेरो कुनैपनि प्रत्यक्ष भूमिका र संलग्न छैन । म आफ्नो पदीय जिम्मेवार निर्वाह गर्ने क्रममा पूर्ण जवाफदेहिता रहदैँ आएको छु । मैले आफ्नो पदको दूरुपयोग गरेको छैन र सार्वजनिक निगरानीमा सधैँ खडा छु’, विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


कुनै आधार र प्रमाणबिनाका एकै व्यहोराका कपोकल्पित, मनगढन्ते, तथ्यहीन र भ्रामकरुपी समाचारहरु आउनु खेदजनक रहेको उनको भनाई छ । यस्तै, आफुले कुनै पनि पदको दुरुपयोग नगरेको र पदीय जिम्मेवारीप्रति सदैव सचेत एवम् जवाफदेही रहदैँ आएको श्रेष्ठले ती आरोपहरु पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

यसअघि श्रेष्ठमाथि बजेट निर्माणमा स्वार्थ समूहलाई प्रवेश गराएको भन्ने आरोपसहितको खबर बाहिरिएको थियो ।

राज्यमन्त्री श्रेष्ठद्वारा जारी विज्ञप्ति