काठमाडौँ– मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं यतिबेला युएई(दुबई)मा रहेका बेवारिसे नेपाली शवलाई स्वदेश पठाउने प्रतिबद्वता गरेका छन् । भ्रमणका शिलशिलामा गत बिहिवार दुबई पुगेका प्रसाईंले लामो समयदेखि त्यहाँ अलपत्र परी बेवारिसे अवस्थामा रहेका नेपाली शवहरुलाई नेपाल पठाउने प्रतिबद्वता गरेका हुन् ।


ADVERTISEMENT


प्रसाईं दुबई पुग्ने बित्तिकै त्यहाँ रहेका नेपालीहरुसंग भेटावार्ता गरेका थिए । सोहि क्रममा उनीहरुले युएईमा रहेका बेवारिसे नेपाली शव व्यवस्थापनका लागि प्रसाईंसमक्ष अपिल गरेका थिए । सोहि अनुरोधलाई सम्बोधन गर्दै उनले आफ्नै पहलमा जसरी पनि दुबईमा रहेका नेपालीहरुको शब केही दिन भित्रैमा नेपाल पुर्‍याउने बताएका हुन् । तत्कालका लागि उनी १६ शवलाई नेपाल फर्काउने तयारीमा जुटेका छन् ।


ADVERTISEMENT

# # #


यस खबरसंगै नेपाल रहेका मृतकका आफन्तहरु खुशी भएका छन् । उनीहरुले प्रसाईंको यस कार्यको प्रशंसा गर्दै ‘ढुङ्गा खोज्दा देउवा मिलेको’ बताएका छन् ।