काठमाडौँ– नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय पिसिआर परिक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT


कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको मन्त्रालयको भनाई छ । त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।