काठमाडौँ– एमालेका केन्द्रिय सदस्य तथा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको पहलमा दुबईमा बेवारिसे दुई शव नेपाल आउने भएको छ । तत्कालका लागि १६ शव नेपाल फर्काउने तयारीमा लागेका प्रसाईंले पहिलो चरणमा दुई बेवारिसे शवलाई नेपाल पठाउन लागेका हुन् ।


ADVERTISEMENT


प्रसाईं यतिबेला भ्रमणका शिलशिलामा दुबईं पुगेका छन् । त्यहाँ पुगेलगत्तै उनलेविभिन्न कारणले मृत्यु भई आर्थिक अभावका कारण कयौं वर्षखि नेपाल पठाउन नसकिएको शवहरु नेपाल फर्काउने तयरीमा जुटेका छन् ।


ADVERTISEMENT

# # #


उनले पठाउन लागेका दुई शवमध्ये एक तेह्रथुमका ओम प्रशाद पौड्यालको र समिक्षा राना मगर रहेको भन्ने बुझिएको छ । यद्यपि समिक्षाको हालसम्म ठेगाना भने खुल्न सकेको छैन ।