काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ भएको बताएका छन् ।


ADVERTISEMENT


गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएकाहुन् ।


ADVERTISEMENT

# # #


भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहलका निम्ति उनको सालिक निर्माण गर्न लागिएको सुनाए ।

गत स्थानीय तहको चुनावअघि नै मन्त्रिपरिषद्को निर्णयबाट सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको सालिक बनाउने निर्णय भएको थियो ।

सोही निर्णयानुसार मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा पार्कसहितको सालिक बनाउन लागेको हो । विकास समिति साउनदेखि खारेज हुने भए पनि त्यसको संरचना जुन निकायलाई हस्तान्तरण हुन्छ सोही निकायले निर्माण गर्ने गरी शिलान्यास गरिएको हो ।

पूर्वप्रधानमन्त्रीले सुन्दरीजलमा खानेपानीको उद्घाटन गर्दै गर्दा कृष्णप्रसाद भट्टराईको नामसमेत उच्चारण नगरेकामा दुःख व्यक्त गरे । मन्त्री चौधरीले मेलम्चीको बाढीपछि बन्द भएको खानेपानीलाई पुनःसञ्चालन गरेको बताउँदै बर्खा सकिनेबित्तिकै पुनःसञ्चालनमा आउनेसमेत धारणा व्यक्त गरे ।

मेलम्चीको पानी झर्ने सुन्दरीजलमा भट्टराईको पूर्ण कदको सालिकसहित पार्क निर्माण गर्न लागेको खानेपानी मन्त्रालयका सचिव मणिलाल गेलालले बताए । रासस