काठमाडौँ – काठमाडौँ महानगरपालिकाले रातोपुलस्थित धोवी खोला करिडोरमा थुप्रिएको फोहोर धोबी खोलामा फाल्नेलाई कारबाही गरेको छ ।


ADVERTISEMENT


महानगरले सोमबार उक्त कार्यमा संलग्न प्राक्टिकल वेष्ट सोलुसन प्रा.लि.लाई २५ हजार रुपैयाँ जरिवाना गरिएको मेयर बालेन्द्र शाहले जनाएका छन् । केही दिनयता सामाजिक सञ्जालमा स्काभेटर लगाएर धोबी खोलामा फोहोर फालिएको भिडियो भाइरल भएको थियो ।


ADVERTISEMENT

# # #


उक्त भिडियोमाथि छानबिन गरी महानगरले संलग्नलाई कारबाही गरेको हो । यस्तै मेयर शाहले अवाञ्छित कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याएकोमा धन्यवादसमेत दिएका छन् । उनले आगामी दिनमा त्यस्ता कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन आग्रह गरेका छन् ।