काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन् ।


ADVERTISEMENT


सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा उनीहरुले चूनावमा गठबन्धनलाई निरन्रता दिदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् । केहि सभापतिले भने कांग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए । त्यस्तै उनीहरुले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेश गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुङ्गो लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । स्थानीय तहमा केन्द्रीय सदस्यहरुको अनुभव र त्यसका आधारमा आगामी निर्वाचन गरिने रणनीतिका बारेमा बैठकमा छलफल हुने उनले बताए । त्यस्तै उनले उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद् सम्बन्धी विधेयकको विवाद समाधान हुने बताए ।

केन्द्रीय समिति बैठकमा कांग्रेस नेता शेखर कोईरालाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरी तालमेल बारे पार्टीको धारणा निर्माण गर्नुपर्ने बताएका थिए । उनले कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भएको नीतिका विषयमा कुनै काम हुन नसकेकाले यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गरे । कांग्रेसको केन्द्रीय समिति बैठक केही चल्ने बताइएको छ ।