काठमाण्डौं-दोलखाको प्रतिनिधि सभा सदस्य तर्फ जिरी नगरपालिका र विगु गाउँपालिकाको मतगणना सकिदा एमालेका पार्वत गुरुङ निकटतम प्रतिद्धन्दी भन्दा पाँच हजार मतले अघि रहेका छन् । सो दुई पालिकामा एमालेका गुरुङको नौ हजार १७ र कांग्रेसका रुद्रबहादुर खड्काको ४ हजार २२ मत खसेको छ ।


ADVERTISEMENT


गत स्थानीय निर्वाचनमा कांग्रेसले जितेको विगु गाउँपालिकामा खड्का एमाले भन्दा करिब २५ सय मतले पछि परेका हुन । सो स्थानमा एमालेले ४५ सय २४ र कांग्रेसले २० हजार ५४ मत पाएका छन् । खड्काले आफुलाई कर्मथलो भनेर दावी गर्ने जिरी नगरपालिकामा पनि २५ सय मतकै हाराहारी एमाले अघि देखिएको छ ।


ADVERTISEMENT

# # #


सो नगरमा एमालेले ४४ सय ९३ र कांग्रेसले १९ सय ६८ मत ल्याएको छ । प्रदेश सभा तर्फको दुवै क्षेत्रमा बाम गठबन्धन अगाडि देखिएको छ । प्रदेशसभा निर्वचन क्षेत्र १ माओवादी केन्द्रका विशाल खड्का कांग्रेसका बर्मा लामा भन्दा पाँच हजार मतले अगाडी रहेका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका पशुपति चौलागाई प्रतिद्धन्दी भन्दा करिब दुई हजार मतले अघि छन्। सो क्षेत्रमा कांग्रेस भन्दा नेकपा मालेका लालकुमार केसी अगाडि रहेका छन् ।