काठमाण्डौं-इलामका सवै मतदान केन्द्रवाट मतपेटिका आइसकेका छन् ।


ADVERTISEMENT


२६ संकलन केन्द्र मार्फत जिल्लाका १ सय ४४ मतदान स्थलका २ सय ६६ मतदान स्थलवाट मतपेटिका विहानसम्म आइपुगेका हुन् । आज विहान ४ बजेसम्म मतपेटिका सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएको हो ।


ADVERTISEMENT

# # #


इलाम क्षेत्र नं. १ वाट चाँडै मतपेटिका संकलन भएपनि क्षेत्र नं. २ का विकट क्षेत्रवाट बिहान मात्र आएको हो । आज १० बजे सर्वदलीय बैठकपछि गणना सुरु हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शान्ति पूर्ण रुपमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा इलाममा ६५ प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनाल एवं २ मा पूर्व सभामुख सुवास नेम्बाङ उम्मेद्वार भएको कारण जिल्लाको चुनावी परिणाम देशव्यापी चासोमा छ । ने

पाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा भूपेन्द्र कट्टेल एवं क्षेत्र नम्बर २ मा केशव थापा उम्मेद्वार छन् । इलाममा स्थानीय निर्वाचनको तुलनामा मतदान घटेको हो । स्थानीय निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो ।