काठमाडौँ – आर्थिक वर्ष २०७७/७८ सम्म सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७७/७८ को ५९औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागत लेखापरिक्षणबाट औलाइएको अद्यावधिक बेरुजु करिव ५ खर्ब देखिएको हो ।


ADVERTISEMENT

# # #


यस आर्थिक वर्ष मात्रै रु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बेरुजु देखिएको महालेखा परीक्षक टङ्कमणि शर्माले जानकारी दिए । संघीय सरकारअन्तर्गतका ३ हजार २ सय ८७ सरकारी कार्यालयको लेखापरीक्षण गरिएको उनले बताए ।

त्यस्तै यस्तै, प्रदेशअन्तर्गतका १ हजार १ सय ३१ वटा निकाय र कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु देखिएको छ । स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा ४३ अर्ब ९० करोड बेरुजु देखिएको शर्माले बताए ।

त्यस्तै उनले देशभरका ४ सय ४८ समिति तथा अरु संस्थाको २ खर्ब ६ अर्ब १२ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा १४ अर्ब १९ करोड बेरुजु देखिएको बताए । उनले ५ हजार ७ सय ५७ निकायको लेखा परिक्षण गर्दा ७५ खर्व ३३ अर्व ९ करोड रुपैयाको लेखा परिक्षण गरिएको बताए ।

महालेखा परीक्षकको कार्यालयले २६ संस्थानले २०७७/७८ को लेखापरीक्षण नगराएको जनाएको छ जसमध्ये विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीले ५ वर्षदेखि, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत ३ वर्षदेखि लेखा परीक्षण गराएका नगराएको कार्यालयले जनाएको छ ।