काठमाडाैँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।


ADVERTISEMENT


पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समीक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् । सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूर्ण रुपमा सम्पन्न भएको, कोरोना महामारीको व्यवस्थापन गर्न सफल भएको, भ्रष्टाचार राकिएको र ओली सरकारको ज्याजती रोकिएको केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै महङ्गी बढ्दै गएको, मलखाद उपलव्ध गराउन नसकेको लगाएतका बिषयमा सरकार क्रियाशिल हुनुपर्ने सुझाव पनि आएको उनले बताए। त्यस्तै आगामी निर्वाचनमा आवश्यकता अनुसार बिभिन्न स्थानमा तालमेल गर्नुपर्ने सुझाव पनि आएको उनले बताए ।

पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुलाई पूर्णता दिएर क्रियाशिल गराउनुपर्ने सुझावहरु पनि आएको प्रवक्ता महतले बताए । उनले केन्द्रीय सदस्यहरुले राखेका प्रश्नको जवाफ दिएर बिहीबार नै बैठक समापन गर्ने तयारी रहेको जानकारी दिए ।

बैठकमा बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए भने त्यस्तै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले पार्टी नेतृत्वविरुद्ध गुटबन्दी गरेको आरोप लगाएका थिए । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुन बस्ने कांग्रेसले जनाएको छ ।