काठमाडौँ– नेकपा एमालेले सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको आरोप लगाएको छ ।


ADVERTISEMENT


एमालेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा एक वर्ष समयको बर्बादी मात्र गरेको आरोप लगाएको हो ।


ADVERTISEMENT

# # #


संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेले जनाएको छ । संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले कुनै काम गर्न नसकेको एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले बताए ।

े कमजोर व्यवस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी कोरोना खोपको मिति सकिएर फालिएको र अर्को २० लाख खोप खेर जाने अवस्थामा रहेको उनको आरोप छ । सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको र बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै न्यून रहेको भट्टराईले जनाए । निजामती, सुरक्षा अंग र शैक्षिक क्षेत्र लगायत सबै औपचारिक क्षेत्रलाई बीमाको दायरामा ल्याउने बीमा ऐन, २०७४ को अवधारणा कार्यान्वयनमा सरकार असफल भएका उनको तर्क छ ।

त्यस्तै एमालेले शहीद धर्मभक्त मानब अंग प्रत्यारोपण केन्द्रमा व्यक्ति केन्द्रित गरी गठन आदेश संशोधन गरिएको र यस्ता कार्यले संस्थागत विकासमा दीर्घकालीन असर गर्ने निश्चित रहेको जनाएको छ । आम महिलाहरुले प्रयोगमा ल्याउने सेनिटरी प्याडका सन्दर्भमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशायी पारेको र यसले सरकारी नेतृत्व नीतिगत भ्रष्टाचारमा संलग्न भएको ज्वलन्त प्रमाणित भएको एमालेले जनाएको छ ।