काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ ।


ADVERTISEMENT


कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत रहेको ठहर गरेको हो । यससँगै एआईजी पोखरेलको आईजीपी बन्ने बाटो समाप्त भएको छ । सरकारले गत वैशाख १८ गते आईजीपीएमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो ।


ADVERTISEMENT

# # #


आफूभन्दा जुनियरलाई आईजीपी बनाएको बन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए ।

आईजीपी नियुक्तिपछि एक महिना विदामा बसेका एआईजी पोखरेल विदा सकिएपछि पनि जिम्मेवारीमा फर्किएका थिएनन् । बरु थप विदा माग गरेका थिए । तर, उनले मागेको विदा आईजीपी सिंहले तीन पटक विदा अस्वीकृत गरिदिएका थिए ।

सर्वोच्चले रिट खारेज गरेसँगै अब एआईजी पोखरेलसामू कि त जिम्मेवारीमा फर्किने, नत्र राजीनामा गर्ने विकल्प मात्रै रहेको छ । उनले साउन २० गते अनिवार्य अवकाश पाउँदैछन् ।