काठमाडौँ– कान्ती बाल अस्पतालको डेण्टल विभागमा वृहत सेवा विस्तार भएको छ । लामो समय देखी सेवा दिदैँ आएको अस्पतालको शुक्रवारदेखि सेवाहरु वृहत रुपमा विस्तारित सञ्चालनमा ल्याएको हो । यसअन्तर्गत विधागले अत्याधुनिक इलेक्टृकल डेण्टल चेयर, अत्याधुनिक प्रवृतिको आरभिजी एक्सरे सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।


ADVERTISEMENT


आज बिहान सम्मन्न उद्धाटन कार्यक्रममा कान्ती बाल अस्पतालका निर्देशक डा युवनिधी वस्यौलाले समारोहलाई सम्बोधन गर्दै भने, ‘कान्ती बाल अस्पातलमा डेण्टल विधाका विभिन्न विशेषज्ञहरु पनि रहेको हुनाले सम्पुर्ण विशेषज्ञ सेवा विस्तार गर्न क्रमिक प्रयास गर्नेछु ।’


ADVERTISEMENT

# # #


सेवा विस्तार र विशिष्टकृत अस्पतालको रुपमै सेवाहरु विकास गर्न सम्पुर्ण कार्यरत डाक्टर तथा कर्मचारिहरुप्रती आभार पनि व्यक्त गर्दै उनले डेण्टल विभागको विकासको लागी उत्कृस्ट नेतृत्व गरेकोमा विभागिय प्रमुख डा सोनी सुबेदिलाई विशेष धन्यवाद समेत ज्ञापन गरे । आगामी दिनमा थप सेवा विस्तार गर्ने उनको भनाई छ ।

हाल कान्ती ालबअस्पतालमा वरिस्ठ कन्सल्टेण्ट डेन्टल सर्जन (प्रोस्थोडोन्टिस्ट) डा सोनी सुबेदी सहित पेरियोडोन्टिस्ट , अर्थोडोन्टिस्ट , पेडियाटृक डेण्टिस्ट्, इण्डोडोन्टिस्ट बिषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरु कार्यरत छन् ।

अस्पतचालको यस दन्त्य चिकित्सा विभागले बालवालिका तथा किशोरकिशोरिमा हुने मुख तथा दाँतको समस्याको लागी केन्द्रिय प्रेषण विभागको रुपमा काम गर्दै आएको छ ।