काठमाडौँ – यूएईमा जारी विश्व क्रिकेट लिग च्यारिुम्पयनसिपको अन्तिम चरणको अन्तिम खेलमा युएईविरुद्ध नेपालले चार विकेट लिएको छ ।


ADVERTISEMENT


यूएईको शेख जायदा रंगशालामा टस हारेर ब्याटि थालेको युएईको चार विकेट गएको छ । चारै विकेट सोमपाल कामीले लिएका छन् । पहिलो विकेटका रुपमा अस्फाक अहमितलाई ४ रनमा आउट गरेका कामीले त्यसपछि सब्बीरलाई शुन्य रनमा पेवेलियनको बाटो देखाएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै तेस्रो विकेटका रुपमा रमिज शाहजादलाई ३ रनमा आउट गरेका उनले कप्तान रोहन मुस्ताफालाई ८ रनमा पेवेलियनको बाटो देखाए । ३२ बलको सामना गरेका उनले एक चौका प्रहार गरे ।
युएई अहिले १४.५ ओभरमा चार विकेट गुमाउँदै २६ रनमा खेलिरहेको छ