काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानविन हुने बताएका छन् । त्यस्तै उनले आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताएका हुन् ।


ADVERTISEMENT


आइतबार आगलागी भएको स्थानको निरिक्षण गर्दै गृहमन्त्री खाँणले राष्ट्रिय बिपद् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताए । आगलागीका कारण कोषको पुस्तकहरु र समाजकल्याण परिषद्का सामाग्रीहरु नष्ट भएको उनको भनाई छ । उनले कसरी आगो लाग्यो भन्ने थप छानविन हुने जिकिर गरे ।


ADVERTISEMENT

# # #


निरिक्षणका क्रममा उनले परिषद् र कोषका पदाधिकारीसंग छलफल गरेका थिए ।