काठमाडौँ– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षमाथि दूर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न नेकपा एमालेले माग गरेको छ । आइतबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीमाथि गरेको दूर्व्यवहारमाथि छानबिन गरी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।


ADVERTISEMENT


तिलोत्तमा नगरपालिका हिजो नगरसभा स्थगितको विरोध गर्दै उत्पन्न तनावका बीच डिएसपी केसीले वडाध्ष्यक्ष केसीलाई धकलेर मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।


ADVERTISEMENT

# # #


तसर्थ जनप्रतिनिधिमाथि यस्तो दूर्व्यवहार हुनु खेदपूर्ण रहेको भन्दै डिएसपीमाथि कारवाहिको माग गरिएको हो । यसैको विरोधमा उनीहरुले आज बस्ने भनिएको नगरसभा बैठक सूचना टाँसेर स्थगित समेत गरेका छन् ।