सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


सुनकोशी गाउँपालिका ५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मरबहादुर भुजेललाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले सुस्त मनस्थिति भएकी बालिकामाथि बलात्कार गरेको आरोप छ। आइतबार साँझ साढे ७ बजे १२ वर्षीया ती बालिकालाई भुजेलले पधेरो टोलस्थित कच्ची बाटोमा बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

जाहेरी परेको आधारमा भुजेललाई सोमबार पक्राउ गरेको हो । उनीमाथि बलात्कारको मुद्दामा अनुसन्धान अघि बढाएको छ। सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ।