काठमाडौँ – काठमाडौंको जोरपाटी चोक नजिकै बोरिङ खन्दा ग्याससहितको लेदो निस्कीएको छ ।


ADVERTISEMENT


मंगलबार बिहान करिव १० बजे बोरिङ खन्ने क्रममा पाइप राख्दा ग्याससहितको लेदो निस्कीएको स्थानीयहरुले जनाएका छन् । लेदो मिसिएको ग्यास निस्किँदा वरपरका घरका बासिन्दा प्रभावित भएका छन् । जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले स्थलगत निरिक्षण गरेका थिए ।


ADVERTISEMENT

# # #


२८५ मिटर खन्नुपर्नेमा ३३० फिट बोरिङ खनेका कारण ग्यास निस्केको अनुमान गरिएको छ ।