काठमाडौं –  हाल देशभरको मौसम सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ भने देशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।


ADVERTISEMENT


आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


आज राति देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।