काठमाडौँ – श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरुको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानुन बनाएर बनाएर भए पनि नेपाल ल्याउने पहल भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


ऐन कानुन नभए पनि मानव संवेदनशीलताका हिसाबले राज्यले शव ल्याउने उहाको भनाई छ । त्यस्तै उनले विदेश जाने श्रमिकहरुलाई ठगी हुनबाट रोकिने स्पष्ट पारे । सामाजिक सुरक्षा कोषको दायरालाई बढाउदै वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए ।

उनले विदेशबाट श्रम र सीप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरुको पूजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।