कपिलवस्तु – कपिलवस्तु क्षेत्रनम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार वामगठबन्धन अगाडि छ ।


ADVERTISEMENT


वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘बलदेव’ले २ हजार २१९ मत पाएका छन् । यसैगरी कांग्रेस नेता दीप कुमार उपाध्यायले १ हजार ४८३ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यो मतअनुसार माओवादी नेता खनाल ७३६ मत अन्तरले अघि छन् । भारतका लागि नेपाली राजदूत पदबाट राजीनामा दिएर उपाध्याय प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।