काठमाण्डौं-बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्तीले जित हासिल गरेका छन् । बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका घर्तीले ३ हजार २ सय ६० को मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनलाई हराए ।


ADVERTISEMENT


घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरे भने शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । अन्य क्षेत्रको भने मतगणना भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ ।


ADVERTISEMENT

# # #