काठमाडौं – नेपालमा टिभिएस टू ह्वीलर्स (TVS two-wheelers) को एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


ग्राहकहरुलाई TVS मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र TVS प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने,  ‘टिभिएस त्ख्क्मा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभिएस (TVS) ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ’ ।

जगदम्बा मोटर्स प्रा लि टिभिएस TVSको एक मात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टिभिएस TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ। आज, टिभिएस TVS उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्रीपछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पार्ट्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।