काठमाडौं – जग्गा वर्गीकरणको निर्णयमा ढिलाई गरेको भन्दै नेकपा एकीकृत समाजवादी महालक्ष्मी नगर कमिटीले महालक्ष्मी नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएको छ ।


ADVERTISEMENT


जग्गा वर्गाीकरणको ढिलाईका कारण जनताले जग्गा कित्ताकाट गरेर बेचबिखन गरी व्यवहार चलाउन तथा अंशबण्डा लगायत विभिन्न कुराहरुबाट बञ्चित रहेको भन्दै ज्ञापनपत्र बुझाएको महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ऐन तथा नियमावली बमोजिम वर्गीकरण नगरिएसम्म भू उपयोग नियमावली २०७९ को नियम ५ को उपनियम ७ बमोजिम गैह्र कृषि क्षेत्र वा आवाशीय क्षेत्र कायम गरी कित्ताकाटको लागि वडा कार्यालयहरुबाट भू उपयोग परिषदको निर्णयसहितको सिफारिश हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको पनि थापाले बताए ।

यस व्यवस्था कार्यान्वयन गर्न कम्तिमा एक वर्ष लाग्ने र हाल केही त्रुटी भएको खण्डमा प्रतिनिधिसभा मार्फत् सच्याउनुपर्ने भएकाले दिगो रुपमा समाधान होस् भन्ने आफ्नो चाहना रहेको मेयर श्रेष्ठले विचार व्यक्त गरे ।

अन्य कतिपय पालिकाहरुले अस्थायी रुपमा कारोबार गरेका र महालक्ष्मीमा पनि अस्थाइ व्यवस्था गरियोस् भन्ने नगर कमिटीको माग रहेको थियो । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटी सदस्य नन्द न्यौपाने, डि के थापा, महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापा, सचिव लक्ष्मण रोक्कालगायत नगर कमिटी सदस्यहरुको उपस्थितिमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।