काठमाडौँ– गरिमा विकास बैंकका ग्राहकले चितवनको रिाई होटल र एनपिआई नारायाणी सामुदायिक अस्पतालमा विशेष छुट पाउने भएको छ । बैंकले होटल र अस्पतालसंग गरिएको व्यवसायिक सम्झोताका काण गरिमाका ग्राहकले सो सेवा पाउने भएका हुन् ।


ADVERTISEMENT


सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहक महानुभावहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५% सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउनेछन् । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यसका लागि बैंकका यस विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।