काठमाडौँ – संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार गरेको मुद्दामा फरार एक जना १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्धिुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ५ ४४ को टासी तामाङ भन्ने टसी तामाङ रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई शुक्रबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ नाम्गेल बसपार्कबाट पक्राउ गरेको हो ।
उनलाई २०७० मंसिर ७ गते गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखाबाट भएको फैसला बमोजिम ५ वर्ष कैद र ६२ हजार १७५ जरिवाना हुने ठहर गरेको थियो । तामाङ त्यसबेलादेखि नै फरार रहेका थिए ।
पक्राउ परेका तामाङलाई प्रहरीले सोमबार कानुनी कारवाहीको आइतबार गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय, दोलखामा बुझाएको हो ।



























































