काठमाडौँ – डिस मिडिया नेटवर्कले आई टिभीको सेवा सुरू गरेको छ ।


ADVERTISEMENT


पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको जनाएको छ । आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउदा ग्राहकहरु डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेमा विश्वास लिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


डिसहोमका अध्यक्ष हेमराज ढकालले नेपालको सूचना प्रविधिको क्षेत्रमा डिसहोमले ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ ईन्टरनेट टिभीको गुणस्तरीयतामा ध्यान दिने बताए । डिसहोमले इन्टरनेटमा सेटअप बक्स जोडेर आईपीमा आधारित नयाँ टिभीको सुरूवात गरेको उनले जानकारी दिए ।

त्यस्तै डिसहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले डिसहोमले नेपालकै इतिहासमा पहिलो पटक आईपी टिभी सुरू गरेको जनाउँदै प्रविधिको दुनियाँमा नयाँ फड्को भएको बताए । उनले ग्रामिण भेगमा पनि इन्टरनेटको पहुँच पुराउनका लागि आवश्यक अध्ययन गरिरहेको जानकारी दिए ।

२०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।