काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको समितिको दोश्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सिसिटिभि फुजेटका बारेमा जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो । सिसिटिभि फुटेजका विषयमा विज्ञहरुसंग जानकारी लिएको र सवै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए ।


ADVERTISEMENT

# # #


बुधबार बस्ने बैठकमा यस विषयमा पुन छलफल हुने र साथसाथै प्रतिवेदनमा पनि लेखिने उहाले जानकारी दिए । उनले अव समितिको म्याद थप गर्न पहल नगरिने समेत स्पष्ट पारे ।

सुरुमा १० दिनको समय पाएको समितिलाई छानविनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।